सात क्यासिनोलाई काठमाडौँ महानगरको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सात क्यासिनोलाई काठमाडौँ महानगरको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।

आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटेल म्यारियटको डेल्टीन, होटेल अन्नपूर्णका क्यासिनो प्यालेस, होटेल र्‍याडिसनको क्यासिनो र्‍याड, होटेल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटेल सोल्टीको माजोङ्ग र मल्ल होटेलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरूको ४ वर्ष देखि नतिरेको महानगरको रनाजश्व विभागले जनाएको छ ।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार सबै कम्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ । बागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस