मोटरसाइकलबाट खसेर भन्सार कार्यालयका कर्मचारीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकलबाट खसेर भन्सार कार्यालयका कर्मचारीको मृत्यु


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।

कृष्णनगरदेखि चन्द्रौटा जाने क्रममा विजयनगर गाउँपालिका ५ जोगिनियामा मोटरसाइकलबाट बाटोमा खसेर ३५ वर्षका सेवकराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

चौधरी कृष्ण नगर भन्सार कार्यालयका कार्यालय सहयोगी थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार २ जनामध्ये चालक कपिलवस्तु बाणगंगा-११ तेतियाका रहेका छन् । मृतकको घर काठमाडौँमा रहेको प्रहरीले जनाएको छ ।

इप्रका गणेशपुरका प्रमुख विजय तिमिल्सिनाले मोटरसाइकल चलाउने र पछाडि बस्ने दुवै भन्सारका कर्मचारी रहेको जानकारी दिए । पछाडि बस्ने चौधरी मोटरसाइकलबाट खसेर घाइते भएको स्थानीयले बताएको जानकारी दिँदै प्रहरीले उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस