पोखराबाट मुस्ताङ उडेको समिट एयर जहाजको आपतकालीन अवतरण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पोखराबाट मुस्ताङ उडेको समिट एयर जहाजको आपतकालीन अवतरण


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाजले आपतकालीन अवतरण गरेको छ।

जहाज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियो। जहाजमा समस्या आएपछि उडान भरेको ७ मिनेटमा नै पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो।

जहाजको इन्डिकेटरमा समस्या आएपछि आपतकालीन अवतरण गरिएको विमानस्थलले जनाएको छ।

जहाजमा १८ यात्रु सवार थिए। यात्रु तथा चालक दल सुरक्षित रहेको विमानस्थलले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस