उत्तर पुस्तिकामा मोबाइल नम्बर र नाम लेख्ने २१ परीक्षार्थी कारबाहीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उत्तर पुस्तिकामा मोबाइल नम्बर र नाम लेख्ने २१ परीक्षार्थी कारबाहीमा


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । परीक्षाको उत्तर पुस्तिकामा नाम, रोल नम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्ने २१ जना परीक्षार्थीलाई कर्णाली प्रदेश लोक सेवा आयोगले कारबाही गरेको छ ।

शनिवार एक विज्ञप्ति निकाल्दै आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्री पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ ।

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६र ०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायक स्तर पाँचौँ तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका १ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेको छन् भने अन्य २० जनाले भित्री पृष्टमा नाम र रोल नम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नम्बर लेख्ने शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ भने अन्य २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।

उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरी कारबाही गरिएको छ । उनीहरूलाई प्रदेश लोक सेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम शनिवार कारबाही गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस