हामी सय दिनको दौडमा छैनौँ, ५ वर्षका योजना छन् : मेयर बालेन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हामी सय दिनको दौडमा छैनौँ, ५ वर्षका योजना छन् : मेयर बालेन


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरू सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरूमा काम गरिरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरू अझै केही समय गाली र आलोचना मात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताएका छन् । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरूलाई आफूहरूलाई निराश नबनाउने उनले बताएका छन् ।

मेयर शाहले लेखेका छन्– ‘हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आममानिसहरुले कसरी हेर्नुभयो भन्ने बढी अर्थपूर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरूमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरू गर्‍यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ ।’

आफ्नो कार्यकाल १०० दिन पुगिसकेको सन्दर्भमा मेयर शाहले आफूहरूको मनमा छोएका केही सन्दर्भहरू यसरी सम्झिएका छन् ।

१. फुटपाथबाट मकैको ठेला हटाएको स् यो सन्दर्भले अझै पनि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रुहरुको लागि हो । सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरूलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनस् फुटपाथमा नयाँ व्यापारीहरू आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिँदै छ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । योभन्दा अलग किसिमले राष्ट्रिय स्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यही गर्‍यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरूमा सकारात्मकता देखिन थालेको छ ।
मेयर शाहका सय दिन स् कामको प्रशंसासँगै महानगर सुधारको सङ्केत

२. ई-स्पोर्ट्सलागि १ करोड स् गीत गाउने, नाच्ने जस्ता कलाकारहरूप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरूका लागि त सम्मानभन्दा पनि अप्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरूमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्ट्स पनि खेलका रूपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दै छ । त्यसमा हामी तयार हुने कि नहुने रु त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने रु यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्टायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरूले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरू फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

३. यमबुद्धको सालिक स् एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्ट्सको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप सङ्गीतमा नयाँ विधा हो । यम बुद्ध सो विधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शिता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आम मानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल गर्‍यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो सङ्ख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरव बोध नै भएको छ ।

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन स् मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रूपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरूसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनु पर्ने पनि हुन सक्छ । माहोलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरूले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

५. फोहोर व्यवस्थापनमा ढिलाइ स् यसमा के स्विकार्नु पर्दछ भने १०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरू बनाउन सक्ने भएका छौँ ।

६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा स् जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहीरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामु चर्को स्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्‍याउने सेतुका रूपमा मात्रै हामीले ती कार्यहरू गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।

Tags :
प्रतिक्रिया दिनुहोस