महाभियोग सिफारिस समितिको बैठक बस्दै, आज पनि जबराले बयान दिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महाभियोग सिफारिस समितिको बैठक बस्दै, आज पनि जबराले बयान दिने


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।

बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ पुनः बयान सुरु हुने जानकारी दिएका थिए ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस