दाङमा ८ जना बन्दकर्ता पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दाङमा ८ जना बन्दकर्ता पक्राउ


७ भाद्र २०७९, मंगलबार


दाङ । दाङमा प्रहरीले आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।

तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रंहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

त्यस्तै घोराहीमा थप चार जना पक्राउ परेका छन् । घोराहीको शर्रामा बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चार जना बन्द कर्तालाई नियन्त्रणमा लिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस