बिन्दु विष्ट सचिवमा बढुवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बिन्दु विष्ट सचिवमा बढुवा


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सरकारले सहसचिव बिन्दु विष्टलाई सचिव(विशिष्ट श्रेणी) मा बढुवा गरेको छ ।

बिहीबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेकी विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले विष्टको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाकालागि विष्टको नाम सिफारिस

विष्ट महालेखापरीक्षकको कार्यालयमा नायव महालेखापरीक्षकमा कार्यरत छिन् । 

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव विष्टको नाम मात्रै सिफारिस भएको थियो ।

महालेखा परीक्षकको कार्यालयका उप-महालेखापरीक्षक रामुप्रसाद डोटेल साउन १२ गते अनिवार्य अवकाशमा गएसँगै लेखा परीक्षण तर्फ एक सचिव पद रिक्त भएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस