भुवन केसीलाई चलचित्र विकास बोर्डमा स्वागत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भुवन केसीलाई चलचित्र विकास बोर्डमा स्वागत


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी पदभार ग्रहणका लागि बोर्डको कार्यालय पुगेका छन् । कार्यालयमा उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । यसको आधिकारिक जानकारी हिजो गराइएपछि उनले आज पदभार ग्रहण गर्न लागेका हुन् ।

बोर्ड प्रवेश गर्दा कर्मचारीहरूले खादा र माला लगाइदिएका थिए । त्यस अवसरमा बाक्लो संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस