भारतीय काँग्रेसका चार सांसद निलम्बित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय काँग्रेसका चार सांसद निलम्बित


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय काँग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ । 

अगस्ट १२ मा सकिने बर्खे अधिवेशनसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको हो ।

यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए । निलम्बित काँग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् ।

सभामुखको कारबाहीपछि चारैजना सांसद संसद परिसरमा रहेको महात्मा गान्धीको सालिक नजिक गएर नाराबाजी गरेका थिए ।

सांसदमाथि गरिएको निलम्बनको काँग्रेसले विरोध गरेको छ । केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको काँग्रेसले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस