सङ्घीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्घीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा


९ श्रावण २०७९, सोमबार


काठमाडौँ। सरकारले सबै सङ्घीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा सामूहिक दुर्घटना बीमा गरेको हो । 

सङ्घीय निजामती कर्मचारीको दुर्घटना भई मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अस्थायी पूर्ण अशक्तता र औषधी उपचार गर्नु परेमा बीमाको सुविधाबमोजिम औषधी उपचार बापत एक लाखसम्म र मृत्युको हकमा बीमा बापत १० लाखसम्मको सुविधा प्राप्त हुने छ । बीमा अवधि २०७९ भदौ २० सम्म रहेको छ ।

यदि कुनै दुर्घटना भएको भए सम्बद्ध कर्मचारीले दुर्घटना भएको मितिले ३५ दिनभित्र राष्ट्रिय बीमा कम्पनी वा मातहतका कार्यालय एवं यस मन्त्रालयलाई जानकारी गराउन मन्त्रालयको कर्मचारी कल्याण शाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस