बुढीगंगा अपडेट : प्रमुखमा एमालेको अग्रता कायमै  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुढीगंगा अपडेट : प्रमुखमा एमालेको अग्रता कायमै 


२५ असार २०७९, शनिबार


काठमाडौँ । जारी मतगणनामा बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो अपडेट अनुसार एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रंगबहादुर खातीलाई ६०२ मतले पछि परेका छन् ।

बानियाँले १,५९२ मत पाउँदा खातीले ९९० मत ल्याएका हुन् । 

त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले १५५७ मत पाउँदा काँग्रेसकी रिता शाहीले १०१० मत ल्याएकी छन् ।

वडा नम्बर १ र १० को वडा अध्यक्ष भने एमालेले जितिसकेको छ । यहाँ १० वडा छन् । अहिले वडा नम्बर २ र ८ को मतगणना जारी छ । अहिलेसम्म २७४० मतगणना भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस