कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते


२२ असार २०७९, बुधबार


धनगढी । कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् ।

उनीहरू मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आइसियुमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएको बताए ।

उनीहरूलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा समान्य उपचारपछि छ जना डिस्चार्ज भए पनि अन्य तीन जनाको उपचार जारी छ ।

उनीहरू मध्ये दुई जनालाई आइसियु र एक जनालाई जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस