नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष पोखरेल सम्पर्कविहीन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष पोखरेल सम्पर्कविहीन


२० असार २०७९, सोमबार


काठमाडौँ । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् ।

नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ ।

परिषदको सचिवालयले अहिले उनले कानून व्यवसायीको प्रमाणपत्र लिँदाको ठेगानामा चिठी पठाएको हो भने उनको इमेलमा समेत पत्राचार भइसकेको स्रोतले बतायो ।

हुलाकबाट पठाएको चिठी उनी वा उनको परिवारको सदस्यले बुझ्नुपर्ने हुन्छ । हुलाकबाट समेत चिठी फिर्ता आएमा सञ्चारमाध्यमहरुबाट सार्वजनिक सूचना निकाल्ने तयारी भएको परिषद स्रोतले जनायो ।

Tags :
प्रतिक्रिया दिनुहोस