थप तीन सहसचिवको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप तीन सहसचिवको सरुवा


२० असार २०७९, सोमबार


काठमाडौँ । सरकारले थप तीन सहसचिवको सरुवा गरेको छ । असार १४ गते १९ सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनपछि थप तीन सहसचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको सङ्घीय अर्थ मन्त्रालयमा सरुवा भएको छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव भगवान् अर्यालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ । अर्याल शिक्षा पुगेसँगै त्यहाँका युवराज सुवेदी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । 

प्रधानमन्त्री कार्यालयमा सहसचिवको दरबन्दी रिक्त भने छैन तर स्रोतका अनुसार सामाजिक विकास तथा रूपान्तरण महाशाखा प्रमुख शङ्कर नेपालको केही दिनभित्रै अन्यत्र सरुवा हुने निश्चित भएसँगै अर्याललाई त्यहाँ लगिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नेपाल सम्भवतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जाँदै छन् । उनी स्थानीयको अनुभवी मानिन्छन् ।

मन्त्रालयका वरिष्ठ सहसचिव डा. खनालको सचिव बढुवा सिफारिस भएसँगै सम्भवत एक नम्बरलाई नै सचिवमा बढुवा गर्ने बुझिएकोले मन्त्रालयमा एक सहसचिव रिक्त हुँदै छ । 

अर्थ फर्किएका दाहाल भने सम्भवतः मन्त्रालयकै कुनै एक महाशाखामा बस्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस