विमानस्थल र ट्राफिकमा डिआइजी राख्ने गृहको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विमानस्थल र ट्राफिकमा डिआइजी राख्ने गृहको निर्णय


२० असार २०७९, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राख्ने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डिआइजीलाई काजमा खटाउने निर्णय गरेका हुन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डिआइजी खटाउने निर्णय गरिएको छ । यसअघि तीन वटै ठाउँमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभए पनि त्यहाँ डिआइजीहरूलाई काज सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस