नयाँ मन्त्रीहरूको शपथ आजै हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नयाँ मन्त्रीहरूको शपथ आजै हुने


२० असार २०७९, सोमबार


काठमाडौँ । जसपाबाट मन्त्री बनेकाहरूको शपथ आजै हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरूमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस