माओवादीको केन्द्रीय समिति बैठक सुरु, प्रचण्डको प्रतिवेदनमा खुला छलफल हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादीको केन्द्रीय समिति बैठक सुरु, प्रचण्डको प्रतिवेदनमा खुला छलफल हुँदै


२० असार २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ । प्रचण्डले केन्द्रीय सदस्यहरूलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गरेका छन् । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका छन् ।

प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ ।

यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ ।

यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस