गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेट


२० असार २०७९, सोमबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाँणसँग पहिलो पटक भेटघाट गरेका हुन् ।

गृह मन्त्रालयमा आज (सोमबार) बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । जवाफमा राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताएका थिए ।

भेटमा गृहमन्त्री खाँणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस