मधेस प्रदेशमा पुन: ‘छोरी शिक्षा बीमा’ सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेशमा पुन: ‘छोरी शिक्षा बीमा’ सुरु


२० असार २०७९, सोमबार


जनकपुरधाम । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए ।

यसअघि प्रभु बैङ्कसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैङ्कसँग सम्झौता गरिएको उनले बताए ।

सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैङ्कका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन्।

गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि सुरु गरिएको बीमा, २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४५७ मधेश सरकारले बैङ्कलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस