बझाङमा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बझाङमा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु


१८ असार २०७९, शनिबार


काठमाडौँ । बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।

काठमाडौँ घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बैतडीको खोडपो पुर्‍याइएको थियो।

त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस