Logo २८ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वास्थ्यकर्मीद्वारा कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दोलन घोषणा


१७ असार २०७९, शुक्रबार


रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् ।

उनीहरुले सङ्घर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सङ्घर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए ।

सङ्घर्ष समितिले आज असार १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा भीम अस्पतालको ओपिडी सेवा बन्द गर्ने, १८ गते अस्पताल परिसरमा सम्पूर्ण कर्मचारी धर्नामा बसी दबाब दिने, १९ गते बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा ओपिडी सेवा बन्द गर्ने, २० गतेदेखि ओपिडी सेवा पूर्ण रुपमा बन्द गर्ने कार्यक्रम रहेको समितिका सचिव जनकराज पन्तले जानकारी दिए । सङ्घर्ष र आन्दोलनका सम्पूर्ण गतिविधि र प्रगतिबारे जानकारी गराउन दैनिक पत्रकार सम्मेलन गरिने उनले बताए ।

आर्थिक वर्षको अन्तिम महिना सकिनै लाग्दासमेत कोरोना जोखिम भत्ता उपलब्ध गराउन कुनै किसिमको तदारुकता नदेखिएकाले भीम अस्पताल (कोरोना अस्पताल) मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी विगत १० दिनदेखि विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसँग भेटघाट छलफल, प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको तथा भीम अस्पताल विकास समिति, अस्पताल प्रशासन लगायत निकायसँग विभिन्न चरणमा संवाद गर्दै पत्रकार सम्मेलन लगायतका कार्यक्रम गरिसकिएको उपाध्यायले बताए ।

सङ्घर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते सङ्घर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस