वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका ६ जनाको नाम सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका ६ जनाको नाम सार्वजनिक


१६ असार २०७९, बिहिबार


काठमाडौँ । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकामध्ये ६ जनाको नाम सार्वजनिक गरिएको छ ।

गत जेठ २० गते सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो ।

दरखास्त दिएका ९ जनामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरुको आवेदन स्वीकृत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार निजगढ–८ बाराका निर्मलकुमार उप्रेती, मध्यनेपाल नगरपालिका–४ लमजुङका तोयराज अधिकारी, टोखा नगरपालिका–७ काठमाडौँका दुर्गादत्त ढकालको उम्मेदवारी परेको छ ।

त्यस्तै कोल्हवी नगरपालिका–४ बाराका डा. द्वारिका उप्रेती, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका युवराज बस्नेत र फलेवास–६ पर्वतका हरिकुमार श्रेष्ठको दरखास्त पनि स्वीकृत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस