विश्व बैङ्कले मध्य, पश्चिम अफ्रिकाको लागि शैक्षिक कोष दोब्बर पार्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विश्व बैङ्कले मध्य, पश्चिम अफ्रिकाको लागि शैक्षिक कोष दोब्बर पार्ने


१५ असार २०७९, बुधबार


घाना । विश्व बैङ्क समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको, बैङ्कका एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

पश्चिम र मध्य अफ्रिकाका लागि विश्व बैङ्कका उपाध्यक्ष ओस्माने डायगानाले शिक्षा र अर्थमन्त्रीहरूको एक दिवसीय रणनीति बैठकपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

हाल यस क्षेत्रको लागि हाम्रो शैक्षिक पोर्टफोलियो ३.१बिलियन डलर छ तर हामी २०२५सम्म यो रकम दोब्बर गर्न चाहन्छौँ र यसलाई न्यूनतम ६.२बिलियन डलर बनाउन चाहन्छौँ डायगानाले भने ।

जनसांख्यिकीले ल्याएको चुनौतीलाई मध्यनजर गर्दै यस क्षेत्रमा शैक्षिक सुधारका लागि बैङ्कको सहयोगलाई तीव्रता दिनुपर्ने तथा गरिबी न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

यस क्षेत्रको लागि नयाँ कार्यक्रमको बारेमा छलफल गर्न बैङ्कले जुलाईमा सेनेगलमा अफ्रिकी नेताहरूसँग भेट्ने र शिक्षाका विषयमा छलफल केन्द्रित गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस