क्षमता अनुसार पदको दुरुपयोग नगरी काम गर्छु : शहरी विकासमन्त्री चौधरी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्षमता अनुसार पदको दुरुपयोग नगरी काम गर्छु : शहरी विकासमन्त्री चौधरी


१३ असार २०७९, सोमबार


काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् ।

सोमबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका शहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’

छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।

उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस