एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता


१३ असार २०७९, सोमबार


काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।

टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो।

युएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको युएईले मलेसियालाई हराएर उपाधि जितेको छ । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन।

Tags :
प्रतिक्रिया दिनुहोस