युक्रेन युद्ध पाँचौँ महिनामा, आपूर्ति मार्ग अवरुद्ध गर्ने रुसी योजना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युक्रेन युद्ध पाँचौँ महिनामा, आपूर्ति मार्ग अवरुद्ध गर्ने रुसी योजना


१० असार २०७९, शुक्रबार


किभ । युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अवरुद्ध गर्ने योजना बनाएको छ ।

युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन् । औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने किभको चाहना स्वीकृत भएको छ ।

यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ । सङ्घमा युक्रेनको उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ ।

रुसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका सहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रुसी सेनाले कब्जा जमाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन सुरु गरेको ‘विशेष सैन्य कारबाही’ युक्रेनी भूमि कब्जाका निम्ति नभएको बताएका छन् ।

सत्ताइस सदस्यीय सङ्घमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवार भएका बताएका छन् ।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रुसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन् ।

रुसबाट ग्यास आपूर्तिमा कटौती हुँदा धेरै युरोपेली देश प्रभावित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस