एसीसी महिला टी २० : भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसीसी महिला टी २० : भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल


३ असार २०७९, शुक्रबार


काठमाडौँ । मलेसियामा आजदेखि सुरु हुने एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेलिरहेको छ ।
नेपाली समय अनुसार खेल शुक्रबार बिहान पौने ९ बजेदेखि बाङ्गीमा सुरु भएको छ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगिता जित्ने लक्ष्यका साथ मलेसिया गएको नेपाली टिम भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहने छ।

च्याम्पियनसिपमा १० टोली रहेकोमा दुई समूह विभाजन गरिएको छ। नेपाल समूह बीमा रहेको छ। यो समूहमा भुटानसहित कुवेत, हङकङ र बहराइन छन्।

यस्तै समूह ए मा घरेलु टोली मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन्।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिम महिला टी २० एसिया कपमा छनोट हुनेछन्।

नेपालले दोस्रो खेलमा भोलि (शनिबार) कुवेतसँग खेल्ने छ भने तेस्रो खेलमा सोमबार बहराइन र चौथो खेल मङ्गलवार हङकङसँग खेल्नेछ।

नेपाली महिला टिममा रूविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा (उपकप्तान), सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अश्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, डली भट्ट, विन्दु रावल, सङ्गीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ र सवनम राई रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस