मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात


३ असार २०७९, शुक्रबार


काठमाडौँ । पर्यटन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई गाली गलौच तथा हातपात गरेका छन्। आफ्नो कार्यकक्षमा बोलाएर फोहोर गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको बताइएको छ ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठुलो सङ्ख्यामा आफूले पठाएका व्यक्तिलाई जागिर दिन अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र केहीलाई लगाउने प्रक्रियामै रहेको अवस्थामा मन्त्रीले तुरुन्त राख्न धम्क्याउँदै आएको अन्नपूर्ण पोष्टमा उल्लेख छ ।

केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे गरेर धम्की दिएको सुन्न सकिन्छ भने दोस्रो अडियोमा आफ्नै कार्यकक्षमा मोबाइल स्विच अफ गर्न लगाएर गाली गलौचसहित हातपातमै उत्रिँदा तेस्रो व्यक्तिले मन्त्रीलाई नगर्नुस् मन्त्रीज्यू भनेको सुनिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस