बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन हुने


२ असार २०७९, बिहिबार


बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति जुटेको छ ।

वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबिच विवाद हुँदा मतदान स्थगित गरिएको थियो ।

आज (बिहीबार) बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति बनेको हो ।

निर्वाचनमा काँग्रेस र एमालेले धाँधली गरेको आरोप लगाएपछि मतदान स्थगित गरिएको थियो ।

निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुन हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा समेत दायर भएको थियो ।

बुढीगंगा नगरपालिकामा मुख्य प्रतिस्पर्धी काँग्रेस र एमालेका उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस