काठमाडौँबाट अहिलेसम्मकै धेरै हेरोइन बरामद, ७ विदेशी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँबाट अहिलेसम्मकै धेरै हेरोइन बरामद, ७ विदेशी पक्राउ


२ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हालसम्मकै सबैभन्दा बढी हेरोइन बरामद गरेको छ ।

पछिल्लो साता चरणबद्ध सर्च अपरेसनपछि बरामद गरिएको ५१ केजी हेरोइन र पक्राउ परेका व्यक्ति आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

बरामद गरिएकामा ४९ केजी सेतो र २ केजी खैरो हेरोइन रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

हेरोइनसहित ७ जना विदेशी पक्राउ परेका छन् । उनीहरू सबे दक्षिण अफ्रिकाका नागरिक हुन् ।

गत आइतबार र सोमबार केही परिमाणमा हेरोइन बरामद भएपछि प्रहरीले अपरेसन सुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस