एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छैन : कानूनमन्त्री कोइराला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छैन : कानूनमन्त्री कोइराला


१ असार २०७९, बुधबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् ।

उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गरेका छन् । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि स्पष्ट पारे।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदका प्रश्नको जवाफ दिँदै उनले सो कुरा स्पष्ट गरेका हुन् ।

बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताबारे सोधिएको प्रश्नमा मन्त्री शर्माले नेपालको संसद्ले पारित गरेकै दिन अमेरिकी सरकारले उक्त सम्झौताका व्याख्यात्मक घोषणालाई स्वागत गरेकाले उक्त घोषणा सम्झौताको अङ्ग बनेकामा द्विविधामा नपार्न आग्रह पनि गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस