एकीकृत समाजवादीको स्थायी कमिटीमा निर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीको स्थायी कमिटीमा निर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक मंगलबारबाट सुरु भएको छ।

पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरिएको छ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनपछिको अवस्था र रणनीतिक योजनाका बारेमा धारणा राखेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले अबको राजनीतिक कार्यदिशाबारे धारणा तय गर्ने उनले बताए।

बैठक बुधबार पुन बस्ने समाजवादीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस