जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौं । जीआई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उद्योगहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरकारको नीतिले उद्योगहरू धारासायी हुने भन्दै १० प्रतिशत शुल्क खारेज गरी १ प्रतिशत कायम गर्न माग गरेका हुन् ।

आर्थिक विधेयक ०७९/८० मार्फत सरकारले जीआई र ग्याबियन तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयातमा १० प्रतिशत भन्सार शुल्क कायम गरेको छ ।

जीआई वायर उत्पादन प्रयोजनार्थ चाहिने उच्चकोटीको ‘एमएस वायर रड’ उत्पादन गर्ने उद्योगहरूलाई भने एक प्रतिशत शुल्क कायम गरेको छ । अन्तशुल्क छुट गर्ने र विद्युत् पनि १५ प्रतिशत छुट दिएको छ ।

तर, उद्योगीहरूले हुँदै नभएको उद्योगलाई छुट दिएर सरकारले भएका उद्योगलाई धरासायी बनाएको आरोप लगाएका छन् । सरकारको यो नीति अन्तरघाती हुने उद्योगीहरूको चेतावनी छ । भन्सार शुल्क बढ्दा उत्पादित तारको मूल्य बढ्ने, गुणस्तर घट्ने, विकास निर्माणको लागत बढ्ने उनीहरूको भनाइ छ ।

साथै, उद्योगीहरूले आयातमा भारतले लगाएको १५ प्रतिशत निर्यात शुल्कले पनि उद्योगहरू प्रभावित हुने भएकाले उक्त शुल्क हटाउन पहल गरिदिन माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस