घनश्याम भुसालमाथि कारबाही सिफारिस पार्टीको आन्तरिक विषय : पोखरेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भुसालमाथि कारबाही सिफारिस पार्टीको आन्तरिक विषय : पोखरेल


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारबाही सिफारिस विषयमा पार्टी कमिटीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए ।

उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफल पश्चात निर्णय लिइने बताए ।

त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरूलाई समीक्षा गरेर एकताबद्ध हुनुपर्ने बताए । पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाइ छ । कोहीपनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस