प्रधानमन्त्री देउवा र लोसपाका अध्यक्ष महन्थबिच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवा र लोसपाका अध्यक्ष महन्थबिच भेटवार्ता


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएलगत्तै शनिबार दिउँसो अध्यक्ष ठाकुर देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल केन्द्रित हुने बताइएको छ ।

यसैबीच, लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

विजुलीबजारस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेश निर्वाचनको आन्तरिक तयारीबारे विस्तृत छलफल हुने बताइएो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस