सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरूले होस्टेल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

छात्राहरूले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिवार अभिभावकहरू होस्टेल पुगेका थिए । उनीहरूले होस्टलेमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ सिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टेल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल सिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा सोधपुछ गर्न उनीहरूलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए । ‘विद्यार्थीहरूले घटनाबारे जेठ १९ गते नै जानकारी गराएका रहेछन्, तर उहाँले केही गर्नुभएन भन्ने अभिभावकको गुनासो छ, हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’ उनले भने ।

यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन अभिभावकहरू पनि प्रहरी वृत्त बौद्धमा पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस