गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

प्रचण्डलाई भेट्न मन्त्री खाँण ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए ।

भेटमा स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको जनाएका छन् । भेटमा समसामयिक राजनीति, संघीय संसद्‌मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको बताइएको छ ।

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे समेत छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस