देउवाको दाबी : गठबन्धन कायम राखी प्रतिनिधिसभाको चुनाव कात्तिक-मंसिरभित्रै गर्छौँ ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देउवाको दाबी : गठबन्धन कायम राखी प्रतिनिधिसभाको चुनाव कात्तिक-मंसिरभित्रै गर्छौँ !


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागुनमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् ।

स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरूबिच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरूले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।

यसका लागि कतिपय नेताहरूले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधि सभाको कार्यकाल गणना हुने भन्दै तर्क गरिहरेका छन् । यी सबै तर्क र प्रयासलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।

उनले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताएका छन् ।

उनले जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता नसकिएको उल्लेख गरे ।

गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरूबिच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा काँग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए

Tags :
प्रतिक्रिया दिनुहोस