भैरहवा नापी कार्यालयका अमिन घुससहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भैरहवा नापी कार्यालयका अमिन घुससहित पक्राउ


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस