अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेशको विरोधमा उत्रिए निजगढवासी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेशको विरोधमा उत्रिए निजगढवासी


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढवासीले विरोध गरेका छन् ।

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चार किल्ला, गरेका सबै निर्णयहरू खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको छ । चारकोसे झाडीको बिचमा रहेको निजगढको जङ्गल मासेर विमानस्थल बनाउन लागिएको भन्दै वातावरणविद्हरूले विरोध जनाएका थिए । करिब २४ लाख सालको रुख काटेर विमानस्थल बनाउन लागेको कारण पानीको श्रोत, वातावरण र चराचुरुङ्गी समेतलाई असर गर्ने भन्दै विमानस्थल नबनाउन सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता रञ्जु हजुर पाँडे लगायतले दायर गरेको रिट बिहीबार पाँच सदस्यीय बृहत् पूर्ण इजलासमा परेको थियो । इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस