सल्यानमा बस दुर्घटना हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सल्यानमा बस दुर्घटना हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर


१३ जेष्ठ २०७९, शुक्रबार


सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाग्चौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।

घाइतेमध्ये सात जना बाग्चौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस आफै गुडेर भित्तामा ठोक्किएको प्रहरीले बताएको छ । बसले मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस