साढे ९ लाख हुण्डीको रकमसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साढे ९ लाख हुण्डीको रकमसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हुण्डीको रकम फेला परेको हो ।

प्रहरी चौकी इनरुवाबाट खटिएको टोलीले ९ लाख ५० हजार रुपैयाँसहित भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी ४ बस्ने ४१ वर्षीय सञ्जय रामलाई पक्राउ गरेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

खनालका अनुसार मोटरसाइकलसहित पक्राउ परेका रामविरुद्ध बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस