सुरु भयो बालेनको धन्यवाद र्‍याली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरु भयो बालेनको धन्यवाद र्‍याली


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएको औपचारिक घोषणासँगै बालेन्द्र साह (बोलेन) को विजय उत्सव सुरु भएको छ ।

सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुली बजारबाट युएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर-तिनकुने-कोटेश्वर-जडीबुटी पुगेर पुनः कोटेश्वर-तिनकुने फर्किएर सिनामंगल-एयर्पोर्ट तिलगंगा-गौशाला-चावहिल-महाराजगंज-सामाखुसी-नयाँ बसपार्क पुग्ने छ ।

र्‍याली नयाँ बसपार्क पुगेपछि बालाजु-स्वयम्भू हुँदै सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालीमाटी-टेकु-त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

लौरो चुनाव चिह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस