तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्।

सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाँणले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई ७६५ मतान्तरले हराएका हुन्।

खाँणले २४३९६ मत ल्याएर विजयी हुँदा चापागाईँले २३ हजार ६३१ मत ल्याए। खाँण नेपाली काँग्रेस रुपन्देहीका सभापति हुन्।
उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भइन्।

एमाले रुपन्देहीकी उपाध्यक्षसमेत रहेकी चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हेमलाल पाण्डेलाई दोब्बरभन्दा धेरै मतले हराइन्।

यसअघि पनि उपमेयर निर्वाचित भएकी चौधरीले २३८६ मत पाउँदा माओवादीका पाण्डेले ११५४६ मत पाए।

२०७४ सालको निर्वाचनमा एमालेका वासुदेव घिमिरे तिलोत्तमाका मेयर निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा पनि रामकृष्ण खाँण नगर प्रमुखका उम्मेदवार थिए। तर उनी घिमिरेसँग पराजित भएका थिए।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो। नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाँण गृहमन्त्री खाँणका सहोदर भाइ हुन्।

१७ वडा रहेको तिलोत्तमामा एमालेले ८ र नेपाली काँग्रेसले ९ वटा वडा जितेको छ। कुल मतदाता ८५ हजार सात सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५८८ मत खसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस