काठमाडौँ महानगर : मेयरमा बालेन साह र उपमेयरमा सुनिता डङ्गोल भारी मतले विजयी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर : मेयरमा बालेन साह र उपमेयरमा सुनिता डङ्गोल भारी मतले विजयी 


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस