राहदानी विभाग आइतबार पनि खुल्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राहदानी विभाग आइतबार पनि खुल्ने


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ला रहने भएको छ ।

विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो ।

राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन थालिएको हो ।

आगामी जेठ १५ गते आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने छ ।

राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गरिरहेको समेत बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस