जगरनाथपुर गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जगरनाथपुर गाउँपालिकामा काँग्रेस विजयी


६ जेष्ठ २०७९, शुक्रबार


वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि काँग्रेसकै बबिता सिंह निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ७४९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महम्मदसलिम मन्सुरले भने तीन हजार ९२६ मत प्राप्त गरे ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा सिंहले पाँच हजार ५३१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मिरादेवी कुर्मीले तीन हजार ३४५ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस