सिंहदरवारमा रुखको हाँगाले लाग्दा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारमा रुखको हाँगाले लाग्दा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको सिंहदरवारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ ।

विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्कीकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार बुधवार साँझ ७:४५ बजे कार्यालय परिसरमा रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए ।

तत्काल उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस