ललितपुर मतगणनामा बस्न बालेनलाई दिइएन अनुमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुर मतगणनामा बस्न बालेनलाई दिइएन अनुमति


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह आज (बुधबार) ललितपुरको मतगणना स्थल पुगे । एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणनामा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् ।

ललितपुर महानगरको मतगणना स्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए ।

ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् । व्यञ्जनकारले पञ्चायतकालदेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस